बुधवार, आश्विन १४ गते २०८३

असोज ८ यताको विपद्का घटनामा ३५ जनाको मृत्यु, १२ भन्दा धेरै बेपत्ता

बुधवार , आश्विन १४, २०८३

काठमाडौँ । यही असोज ८ गतेयता देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा परेर ३५ जनाको मृत्यु भएको छ। 

यसअवधिमा विपद्मा परेर १२ जनाभन्दा धेरै हराइरहेका प्रहरीले जनाएको छ। मनाङमा हिमपहिरोमा परेर १२ जना हराइरहेका छन्। अविरल वर्षापछिको बाढी, पहिरोमा परेर चार दिनमै ३५ जनाले ज्यान गुमाएका हुन्। यस अवधिमा बागलुङमा सबैभन्दा धेरै १२ को मृत्यु भएको छ।

त्यसैगरी म्याग्दीमा सात, पाल्पामा पाँच, मनाङमा चार, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक–एक जनाको मृत्यु भएको छ।

विपद्का घटनामा परेर १५ जना घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार