धनगढी । जिल्ला अस्पताल डोटीको शौचालयमा स्वास्थ्यकर्मी मृत अवस्थामा भेटिएका छन् ।
अस्पतालमै कार्यरत बोगटान फुड्सिल गाउँपालिका-६ बस्ने ३४ वर्षीय अहेबप्रेम बोगटी बुधबार बिहान ११ बजेतिर मृत भेटिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) सागर बोहराले बोगटी शौचालयमा मृत फेला परेको जानकारी दिए ।
उनकाअनुसार शौचालय गएका बोगटी लामो समयसम्म नफर्किएपछि खोजी गरिएको थियो ।सो क्रममा उनी शौचालयमा मृत भेटिएका हुन् ।
जिल्ला अस्पतालले भने उनी शौचालयमा अचेत भेटिएको जनाउँदै उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको छ ।