सोमवार, आश्विन १२ गते २०८३

काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति शर्मा गम्भिर बिरामी,आईसियुमा उपचार हुँदै

बुधवार , आश्विन ७, २०८३

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा.सुरेशराज शर्मा गम्भीर बिरामी परेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि बिगत पाँचदिनदेखि शर्माको ह्याम्स अस्पताल धुम्बाराहीमा उपचार भइरहेको छ।

८६ वर्षीय शर्माको मल्टिपल अरग्यान फेल भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। शर्माको हाल आईसीयूमा उपचार भइरहेको एक चिकित्सकले जानकारी दिए। उहाँको पाँच दिनदेखि उपचार भइरहेको छ। हिजोदेखि आईसीयूमा सारिएको छ। स्वास्थ्य अवस्था जटिल छ,’ उनले भने। 

शर्माले नेपालकै पहिलो निजी क्षेत्रको सहभागितामा सञ्चालित स्वायत्त विश्वविद्यालयको रूपमा काठमाडौँ विश्वविद्यालयको स्थापना गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। उनी केयूमा ६ कार्यकाल उपकुलपति भएका थिए। 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पहिलो कार्यकारी निर्देशक समेत हुन्। उनले लन्डनस्थित युनिभर्सिटी अफ साउथ बैंकबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार