सोमवार, आश्विन १२ गते २०८३

आगजनी भएका बसका चालकको शरीरको ९० प्रतिशत भाग जलन

सोमवार , आश्विन ५, २०८३

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालकको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको छ।

‘उहाँको स्वास्थ्य अवस्था गम्भीर छ‘ उनले भने।घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा भीषण आगलागी भएको थियो। आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो । बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा हुन्। चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार