सोमवार, आश्विन ५ गते २०८३

पहिरोले भेरी करिडोर अवरुद्ध,प्रहरी भन्छ-भेरी नदी थुनिएको छैन

बिहिवार , भाद्र २५, २०८३

काठमाडौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ गलगौडामा पहिरो गएपछि भेरी करिडोरअन्तर्गतको सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरोका कारण सडक अवरुद्ध भए पनि कर्वगाड खोलालगायतका अन्य स्थानमा भेरी नदी थुनिएको भन्ने जानकारी भने गलत भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार भेरी नदी थुनिएको वा नदीको बहाव रोकिएको भन्ने सूचना गलत हो । सामाजिक सञ्जाल तथा अन्य माध्यममा भेरी नदी थुनिएको भन्दै फैलिएको सूचनामा सत्यता नरहेको डीएसपी अनिलराज गिरीले बताए ।

गलगौडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन आवतजावतमा भने समस्या भएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार