सोमवार, आश्विन ५ गते २०८३

पहिरो खसेर थुनिएको किम्रुङ खोलाको बहाब खुल्यो

बुधवार , भाद्र २४, २०८३

काठमाडौं ।  कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाब खुलेको छ ।

गए राति करिब ८ बजेतिर पहिरो खसेर किम्रोङ खोला थुनिएको थियो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालका अनुसार थुनिएको खोलाको बहाव आफैं खुलेर गएको छ ।

बरालले भने, ‘राति ८ बजेतिर पहिरो खसेर किम्रोङ खोला थुनिएको भन्ने थियो । तर अहिले बिहान सबेरै स्थानीयहरूसँग सम्पर्क गर्दा खोलाको बहाब खुलिसकेको जानकारी पाएको छु । रातभरिमा पानीको बहाब खुलेको र अहिले खोला साविकको अवस्थामा आइसकेको जानकारी स्थानीयले दिएका छन् ।’

पहिरो खसेर खोला थुनिएको ठाउँमा प्रहरीको टोली पनि आज बिहान ४ बजे नै त्यसतर्फ लागेको उनले बताए ।गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीका अनुसार राति १२ बजेतिरदेखि खोलाको एक छेउबाट विस्तारै खोलाको बहाब खुलेको हो ।

गए राति अचानक पहिरो खसेर खोला थुनिए पछि किम्रोङ खोला एवं मोदीखोला तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार