काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीको विवरण अनुसार बागमती, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थुप्रै सडक खण्डहरू प्रभावित भएका छन् ।
बागमती प्रदेशका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको उच्च जोखिमका कारण यातायात प्रभावित भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, रसुवाको त्रिशूली–मैुलुङ–स्याफ्रुबेसी सडक खण्ड र नुवाकोटका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा बन्द रहेका छन् ।
विपी राजमार्ग ९काभ्रे० र कान्ति लोकपथ ९मकवानपुर० मा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
विपी राजमार्गमा साँझ ६स्०० बजेदेखि बिहान ४स्०० बजेसम्म र कान्ति लोकपथमा साँझ ५स्०० बजेदेखि बिहान ५स्०० बजेसम्म सवारी चलाउन निषेध गरिएको छ । नुवाकोटको टोखा–छहरे सडक खण्डमा पनि राति १०स्०० बजेदेखि बिहान ५स्०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।