सोमवार, आश्विन ५ गते २०८३

सुदूरपश्चिम सरकारले बाढी प्रभावितलाई दुई करोड सहयोग गर्ने, मन्त्रीहरूले एक महिनाको तलब दिने

शुक्रवार , भाद्र १२, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी प्रभावितलाई दुई करोड सहयोग गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावितको राहतका लागि दुई करोड सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाटले जानकारी दिए ।

प्रदेश सरकारले घोषणा गरेको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

 बैठकले मुख्यमन्त्री खगराज भट्टसहित सबै मन्त्रीले पारिश्रमिक वापत प्राप्त गर्ने एक महिनाको रकम समेत प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार