सोमवार, आश्विन ५ गते २०८३

डीडीसीले सुरु गर्‍यो घिउ निर्यात

शुक्रवार , भाद्र ५, २०८३

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ मध्यपूर्वका देशहरूमा निर्यात गर्न सुरु गरेको छ ।

शुक्रबार नेपाल एयरलाइन्सको उडानमार्फत पहिलो चरणमा ५ सय किलो घिउ दुबई पठाएर निर्यातको औपचारिक सुरुवात गरिएको हो । डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी ‘रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेड’ सँग व्यावसायिक सम्झौता गरेको छ ।

डीडीसीका महाप्रबन्धक डा शरण पाण्डेले अनुसार मध्यपूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिए ।

‘हामीले आजदेखि दुबईका लागि ५ सय किलो घिउ पठाएर यसको सुरुवात गरेका छौँ,’ महाप्रबन्धक पाण्डेले अनलाइनखबरसँग भने, ‘वार्षिक ५० हजार किलो ५० टन निर्यातका लागि सम्झौता भइसकेको छ ।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार