बुधवार, भाद्र ३ गते २०८३

वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारले लिए श्रम स्वीकृति

मंगलवार , भाद्र २, २०८३

काठमाडौं । वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारभन्दा बढीले श्रम स्वीकृति ,पुन श्रम स्वीकृति सहित लिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउनमा वैदेशिक रोजगारीका लागि ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा ६० हजार ४ सय ७२ पुरूष र ९ हजार ९ सय ६९ महिला छन् ।

एक महिना अवधिमा ४२ हजार ६ सय ९३ जनाले श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७ सय ४८ जनाले पुनस् श्रम स्वीकृति लिएका छन् ।एक महिनामा म्यानपावर मार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन् भने १२ हजार ४ सय ४२ ले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै ‘जीटुजी’ मार्फत ७ सय १२ ले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

साउनमा सबैभन्दा बढी यूएई गएका छन् । यूएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । त्यस्तै मलेसियाका लागि १२ हजार ४ सय ९८, कतार १० हजार ३ सय ६० र साउदी अरब जान ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत असारमा ६९ हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका थिए । गत आर्थिक वर्ष २०८२र८३ मा ७ लाख ९२ हजार १ सय ८७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार