सोमवार, आश्विन ५ गते २०८३

भक्तपुरको भाटभटेनी आजदेखि २४ सै घण्टा खुला रहने

सोमवार , भाद्र १, २०८३

काठमाडौं । नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले आफ्नो सेवालाई अन्तर्राष्ट्रिय स्तरको बनाउँदै २४सै घण्टा सञ्चालन सुरु गरेको छ ।

यसको सुरुवात पाइलट प्रोजेक्टका रूपमा भक्तपुर स्टोरबाट भदौ १ गतेदेखि गरिने भएको छ ।


भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार भदौ १ गतेदेखि औपचारिक रूपमा स्टोर २४ सै घण्टा खुला राख्ने निर्णय गरिएको हो । यसअघि स्टोर बिहान साढे ७ देखि राति ९ बजेसम्म मात्र सञ्चालन हुँदै आएको थियो ।


‘पाइटल प्रोजेक्ट स्वरूप भक्तपुर स्टोरको ग्रोसरी (खाद्यान्न) खण्ड भदौ १ देखि चौबिसै घण्टा चलाउने तयारी गरेका छौं,’ पौडेलले क्लिकमान्डुसँग भने, ‘भक्तपुरको प्रोजेक्ट सफल भएपछि अन्य स्टोर पनि यही मोडालिटी अपनाउने छौं ।’

रात्रिकालीन सिफ्टमा काम गर्ने कर्मचारीहरूका लागि नियमित तलबमा २५ प्रतिशत अतिरिक्त रकम र चिया(खाजाको समेत व्यवस्था गरिएको छ ।

भक्तपुरमा यो मोडल सफल भएपछि देशभरका अन्य स्टोरहरूमा पनि २४सै घण्टा सेवा विस्तार गर्ने योजना भाटभटेनीको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार