बिहिवार, श्रावण २८ गते २०८३

ज्येष्ठ नागरिकलाई गाडीभाडा ५० प्रतिशत अनिवार्य छुट दिन मन्त्रालयको पत्राचार

बिहिवार , श्रावण २८, २०८३

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकहरूले पाउने छुट र सुविधालाई कडाइका साथ कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ ।

२ दिनअघि पठाइएको पत्रमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को व्यवस्था अनुसार सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई छुट र प्राथमिकता दिन ताकेता गरिएको हो ।

ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा ९ मा सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि कम्तीमा दुई वटा सीट सुरक्षित राख्नुपर्ने र यात्रा भाडा दरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराइएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो समयमा धेरै ज्येष्ठ नागरिकहरूले सार्वजनिक सवारी साधनमा कानुनी रूपमा तोकिएको भाडा छुट नपाएको र आरक्षण सीटको प्रयोग गर्न नपाएको भन्दै मन्त्रालयमा गुनासो गरेका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार