बिहिवार, श्रावण २८ गते २०८३

सामान्य अंकले बढ्यो नेप्से

बिहिवार , श्रावण २८, २०८३

काठमाडौं । बिहीबार सेयर बजार ८.८१ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २६५१ अंकमा कायम भएको छ ।

अघिल्लो दिन नेप्से जम्मा ०.५५ अंक बढेको थियो । आज १७१ कम्पनीको मूल्य बढेको छ भने ८६ को घटेको छ, त्यस्तै १९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७२ करोडको भयो ।

सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३९, विकास बैंक ०.५३, फाइनान्स ०.०१, होटल तथा पर्यटन ०.३५, जलविद्युत् ०.५६, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.५७, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.५२ तथा अन्य ०.२८ प्रतिशत बढे । लगानी समूह ०.४९ प्रतिशत घट्यो ।

समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब १३ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३३ करोड, उत्पादन तथा प्रशोधन २० करोड, लगानी २२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार