सोमवार, आश्विन २६ गते २०८३

मौलिक संस्कृति जोगाउन मातृ शक्ति भूमिका महत्वपूर्ण : महासचिव पोखरेल

सोमवार , आश्विन २६, २०८३


तुलसीपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक मूल्य–मान्यताको संरक्षण गर्न  मातृशक्तिकाे भूमिका महत्वपूर्ण हुने बताउनुभयाे । उहाँले जाति, पुस्ता, धर्म र संस्कृतिका नाममा समाज विभाजित हुँदै गएको उल्लेख गर्दै मौलिक संस्कृतिको जगेर्ना र मातृशक्तिको सम्मानमा जोड दिनुभयो।
नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीकी आमा रेखी बुढाथोकीको स्मृतिमा आयोजित शोक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भौतिक विकासले मात्र समाज समृद्ध नहुने बताउनुभयो। उहाँले  सूचना र प्रविधिको विकाससँगै मौलिक संस्कृतिलाई जीवन्त राख्नुपर्ने बताउनुभयाे ।
उहाँले आमाले सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै नयाँ पुस्ताले मातृशक्तिको गौरव गर्नुपर्ने बताउनुभयो। राष्ट्रको गौरव र पहिचान जोगाउन मौलिक संस्कृति तथा सामाजिक संस्कारको संरक्षण आवश्यक रहेको उहाँले धारणा राख्नुभयो।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य नरुलाल चौधरीले संस्कार, सन्तान र समाज निर्माणमा आमाकाे महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले अभिभावकको सल्लाह र मार्गदर्शनले सामाजिक तथा राजनीतिक आन्दोलनलाई समेत सही दिशा दिने उल्लेख गर्नुभयो।
नेकपा एमाले जिल्ला कमिटी दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भयाे । नेकपा एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथोकिको आमा रेश्मीकुमारी बुढाथोकिको असोज १४ गते ८१ वर्षको उमेरमा  उपचारकाक्रममा निधन भएकाे थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार