शनिवार, आश्विन २४ गते २०८३

तोलामा २९ सय रूपैयाँ बढ्यो सुनको भाउ

शुक्रवार , आश्विन २३, २०८३

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको भाउ बढेको छ। 

बिहीबार तोलामा पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।बिहीबार प्रतितोला चार हजार तीन सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार