बिहिवार, श्रावण २८ गते २०८३

सुनको भाउ घट्यो,चाँदिको बढ्यो

बिहिवार , श्रावण २८, २०८३

काठमाडौँ ।नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ। 

बुधबार तोलामा एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।बुधबार सुन प्रतितोला तीन लाख ६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ।बुधबार तोलामा चार हजार सात सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार