बुधवार, श्रावण २७ गते २०८३

दुइ सचिवले दिए राजीनामा, सरुवा भएको दुई सातामै मन्त्रालयबाट बिदा भए पोखरेल

बुधवार , श्रावण २७, २०८३

काठमाडौँ । निजामती सेवाको विशिष्ट श्रेष्ठीको पद सचिवबाट दुई सचिवले राजीनामा दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव बाबुराम अधिकारी र सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले राजीनामा दिएका हुन् । 

राष्ट्रिय तथ्यांक कार्यालयमा रहेका पोखरेल सूचना तथा सञ्चार मन्त्रालयमा दुई साताअघि मात्रै सरुवा भएर गएका थिए । उनको कार्यकाल करिव १३ महिना बाँकी थियो । आफूले राजीनामा दिएको पोखरेलले पनि स्वीकार गरे । 

अधिकारी आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए भने डा पोखरेलको सचिवको कार्यकाल २०८४ भदौ २३ गतेसम्म थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार