सोमवार, आश्विन ५ गते २०८३

प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुहुन्न, रेकर्डबाट हटाउन पहल गर्नुस् –एमाले

मंगलवार , श्रावण २६, २०८३

काठमाडौं । नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले सभामुख डीपी अर्याललाई प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने प्रयास गर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले सभापति रवि लामिछाने भारत भ्रमणमा जानुअघि दिल्लीलाई खुसी पार्नलाई सो अभिव्यक्ति दिएको आरोप लगाए।

उनले सभामुखलाई भने, ‘तपाईँ जस्तो शालीन, अनुभवी, योग्य व्यक्तित्व हामीले पाएका छौँ, हामीलाई गर्व छ। तपाईँले पनि प्रधानमन्त्रीजीसँग वार्ता गरी आफ्ना अभिव्यक्ति फिर्ता लिन प्रयास गरिदिनुस्। प्रधानमन्त्रीजी जिद्दी स्वभावको हुनुहुन्छ, मलाई लाग्दैन उहाँ रोस्ट्रममा आएर आफ्ना अभिव्यक्ति फिर्ता लिनुहुन्छ।’

उनले सभामुखले नै पहल गरेर संसद्को अभिलेखबाट प्रधानमन्त्रीको भनाइलाई हटाइदिन आग्रह गरे। उनले रास्वपाका सांसदलाई पनि ठिक वा बेठीक छुट्टाएर मात्रै ससदमा ढ्यापढ्याप गर्न आग्रह गरे।

उनले भने, ‘जनताले तपाईँलाई बहुमत प्रदान गरेको छ। संसद्को बैठकमा ठिक वा बेठीक छुट्टाउने प्रयास गर्नुस्। सबैमा ढ्यापढ्याप नगर्नुस्। यो क्रियाकलापले आगामी दिनमा तपाईँहरूलाई पनि भलो हुँदैन।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार