सोमवार, श्रावण २५ गते २०८३

अझै सुरु हुन सकेन रास्वपा महाधिवेशनको बन्द सत्र

सोमवार , आषाढ ८, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको बन्द सत्र सुरू हुन सकेको छैन ।

बन्द सत्रको अन्तिम समयसम्म पनि प्रतिनिधि संख्या टुंगो लगाउन नसक्दा महाधिवेशनको बन्द सत्र ढिलाइ हुने भएको हो । बिहान साढे ८ बजेदेखि बन्द सत्र सुरू गर्ने तालिका थियो । तर, सात घण्टा बित्दासम्म सुरसार छैन ।

रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले संख्या टुङ्ग्याउन बाँकी रहेकाले ढिला भइरहेको बताए । केही बेरअघि ४ हजार २ सय जना प्रतिनिधिको नाम सार्वजनिक गरे पनि अझै छुटेकाले संकलन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

मधेश प्रदेश लगायतका प्रदेशको अधिवेशन ढिला भएको र प्रतिनिधि पठाउन ढिलाइ भएका कारण टुंगिन बाँकी रहेको बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार