मंगलवार, आश्विन २७ गते २०८३

आरूघाट्मा बेलिबृज राख्ने काम तिब्र

मंगलवार , आश्विन २७, २०८३

धादिङ्। आइतबार बिहान बुढीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त गोरखा र धादिङलाई जोड्ने आरुघाटस्थित पक्की पुल चाँडोभन्दा चाँडो सञ्चालन गर्नका लागि सरकारले तीव्र रूपमा काम अगाडि बढाएको छ।

बाढीले पक्की पुलको तीन खण्डमध्ये गोरखातर्फ २२ मिटर आरसीसी भाग बगाए पनि ट्रस संरचना बाँकी नै थियो। त्यसैमा बेलिब्रिज राखेर सञ्चालन गर्न सकिने सम्भावनाबारे प्राविधिक मूल्याङ्कन भएर अहिले बेलिब्रिज जडानका लागि काम थालिएको हो।

दशैँअगाडि नै पुल पुन: सञ्चालनमा ल्याउने गरी सरकारले काम गरिरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार