सोमवार, आश्विन ५ गते २०८३

२३ सयले घट्यो सुनको मूल्य

बिहिवार , आश्विन १, २०८३

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेर  ३ लाख रुपियाँ मुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा आज सुन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन ३ लाख १ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६२५ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार