सोमवार, आश्विन ५ गते २०८३

भोटेकोशी बाढी : हालसम्म १३५५ जनाको शव फेला, ४९९६ जना सम्पर्कविहीन

सोमवार , भाद्र २२, २०८३

काठमाडौं । भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले बगाएका १ हजार ३५५ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान विवरण सार्वजनिक गर्दै बाढीबाट मृत्यु भएका मध्ये १ हजार ३५५ जनाको शव फेला परेको जनाएको छ।

फेला परेका शवमध्ये ९८ वटा सनाखत भइसकेको छ।

प्राधिकरणका अनुसार ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन्। मृतकमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, तनहुँमा ३८ र चितवनमा ३६३ जनाको शव फेला परेको छ। जसमध्ये कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार