काठमाडौँ । बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीको कारण यही भदौ १० गतेदेखि नै पृथ्वी राजमार्गसहित रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग बन्द छन्।
त्यसैगरी आज मुगुमा मुगु(गमगढी सडक, रोल्पामा सहिद राजमार्ग, कालीकोटमा कर्णाली राजमार्ग, सुर्खेतमा कर्णाली राजमार्ग र सल्यानमा राप्ती राजमार्ग आज पूर्णरुपमा अवरुद्ध छ।