बुधवार, भाद्र ३ गते २०८३

कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने तयारी

बुधवार , भाद्र ३, २०८३

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ।

पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूह अदालत जाने तयारी गरेको हो।

देउवा समूहको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै १५ औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्ने निर्णय गरेको थियो।यसअघि इतर पक्षका नेता डा. शशांक कोइरालाले महाधिवेशन प्रक्रिया अघि नबढाउन निर्वाचन आयोग र सानेपालाई पत्र पठाएका थिए।

तर सभापति थापाले भने महाधिवेशन निर्धारित मितिमा तलमाथि नहुने अडान लिइरहेका छन्। असन्तुष्ट समूहलाई समेट्न महाधिवेशन कार्यतालिका पछि धकेलेका थिए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार