सोमवार, आश्विन ५ गते २०८३

चिनीको मूल्य प्रतिकिलो १२० पुग्यो, छलफलै नगरी संसद्को उपभोक्ता समितिको बैठक स्थगित

सोमवार , भाद्र १, २०८३

काठमाडौं । चिनीको सहज आपूर्तिका सम्बन्धमा छलफल गर्ने गरी तय भएको संसदीय समितिको बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभा अन्तर्गत्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यो विषयमा छलफल गर्न आज बिहान १० बजे बैठक राखेको थियो ।

जहाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी आमन्त्रित थिए । संसदीय समितिका समिति सदस्यहरूका अलावा चिनीको सहज आपूर्तिसँग सम्बन्धित  सरोकारवालाहरू पनि रहने भनिएको थियो ।

तर विशेष कारणवश स्थगित भएको भनेर समिति सचिवालयले सूचना निकालेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार