सोमवार, आश्विन ५ गते २०८३

बाणिज्य बैंकको नाफामा ३३ प्रतिशत वृद्धि, कमाए ७० अर्ब रुपैंया

आइतवार , श्रावण ३१, २०८३

काठमाडौँ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको कुल खुद नाफामा ३२.३३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८२।८३ को वित्तीय विवरणअनुसार यि बैंकहरुको कुल नाफा ७० अर्ब रुपैयाँ नजिक पुगेको छ । विरणअनुसार बैंकहरूले कुल ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो अघिल्लो आर्थिक वर्ष २०८१।८२ को तुलनामा ३२.३२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरूको कुल खुद नाफा ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

सर्वाधिक कमाउनेमा नबिल बैंक
समग्र नाफामा सुधार आउँदा नबिल बैंकले सर्वाधिक नाफा कमाउन सफल भएको छ । नबिलले अघिल्लो वर्षको तुलनामा ३३।५० प्रतिशतले नाफा बढाउँदै यस वर्ष ७ अर्ब ९० करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यसैगरी, कुमारी बैंक ७ अर्ब ३८ करोड ७२ लाख रुपैयाँसहित दोस्रो र ग्लोबल आईएमई बैंक ६ अर्ब २२ करोड ७२ लाख रुपैयाँसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रभु बैंक नोक्सानमा, ४ बैंकको नाफा घट्यो
बैंकहरूको समग्र नाफामा उल्लेख्य वृद्धि हुँदा एउटा बैंक भने नोक्सानमा गएको छ । यस अवधिमा प्रभु बैंकले २४ करोड १२ लाख रुपैयाँ खुद नोक्सान व्यहोरेको छ । अघिल्लो वर्ष ८७ करोड २३ लाख रुपैयाँ नाफामा रहेको प्रभु बैंक यस पटक भने घाटामा गएको हो ।

त्यस्तै, ४ वटा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । लक्ष्मी सनराइज बैंकको नाफा २२.७७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५।३९ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३६.५९ प्रतिशत र कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशतले गिरावट आएको हो ।

यता, अघिल्लो वर्ष ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ भारी नोक्सानमा रहेको एनआईसी एसिया बैंकले भने यस वर्ष केही सुधार गर्दै १८ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ ।

हिमालयन र कुमारीको नाफामा उछाल
प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा बढाउनेमा हिमालयन बैंक रहेको छ । अघिल्लो वर्ष जम्मा १२ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको हिमालयन बैंकको नाफा यस वर्ष १०४१।४० प्रतिशतले बढेर १ अर्ब ४८ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी कुमारी बैंकको नाफा पनि ३०५.९६ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । समग्रमा अधिकांश बैंकहरूको वित्तीय अवस्था सकारात्मक देखिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार