काठमाडौैँ । आइतबार विभिन्न सात स्थानबाट ग्यासको वितरण गरिने भएको छ ।
नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यलय काठमाडौँको समन्वयमा सात स्थानबाट विभिन्न ब्रान्डका ग्यास वितरण गर्न लागिएको हो ।
आइतबार वितरण गरिने स्थानमा नेपाल आयल निगमको टेकुु कार्यलय परिसर, पशुु सेवा शाखा चपली बुढानिलकण्ठ, राधास्वामी भवन कीतिपुुर परिसर, नयाँ बजार जुुडो हल परिसर, तारेकेश्वर नगरपालिकाको परिसर रहेका छन् । यस्तै चन्द्रागिरी नगरपालिका कार्यलय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास वितरण गरिने छ ।
निगमको टेकुु परिसरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सगर ग्यासको वितरण गरिने छ । यस्तै बुुढानिलकष्ठ पशुुसेवा कार्यलयमा नेपाल, एचपी र भानु ग्यास वितरण गरिने छ ।
कीतिपुुर राधा स्वामी भवनबाट नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास वितरण गरिने छ । नयाँ बजार जुडो हलमा नेपाल, एचपी र ओम ग्यास वितरण गरिने छ । यस्तै तारकेश्वर नगरपालिका परिसरमा नेपाल र एचपी वितरण गरिने छ ।
यस्तै चन्द्रागिरी नगरपालिका कार्यलयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास वितरण गरिने निगमले जनाएको छ । यस्तै भक्तपुुरको ठिमी राष्ट्रिय क्षयरोग केन्द्रमा नेपाल, एपची, सुर्य, सगर, एभरेष्ट, सुगम र एसटिसी ग्यास वितरण गर्ने निगमले जनाएको छ ।
उपभोक्ताले तोकिएको ठाउँमा नागरिता वा राष्ट्रिय परिचय पत्र लिएर विहान ११ बजेदेखि बेलुुका ५ पाँच सम्म ग्यास लिन सक्ने निगमले जनाएको छ ।
यस्तै बजारमा ग्यासको आपूर्ति व्यवस्था सहज पार्न शनिवार विभिन्न पाँच ठाउँमा ग्यास वितरण गरिएको थियो । शनिवार मात्र विभिन्न पाँच ठाउँबाट विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर ग्यास वितरण गरिएको निगमले जनाएको छ । उपभोक्ताको मागको आधारमा अन्य ठाउँबाट ग्यासको वितरण गरिदै जाने निगमले जनाएको छ ।
दुुई सातादेखि बजारमा ग्यासको अभाव भएपछि उपभोक्तालाई सहज ढंगले ग्यास वितरण गर्न विभिन्न ठाउँ तोकेर सार्वजनिक विदाका दिनमा ग्यास वितरण गरिएको निगमले जनाएको छ ।
शनिवार विभिन्न विक्रि केन्द्रमा गएर पानीमा भिज्दै उपभोक्ताले ग्यास लिएका थिए । ग्यासको आयात नियमित भइरहेको बताएपनि उपभोक्ताले भने अझै ग्यास पाउन सकेको छैन ।