सोमवार, आश्विन ५ गते २०८३

मिटरब्याजी अभियोगमा पक्राउ परेका ३ जना कारागार चलान

शुक्रवार , श्रावण २९, २०८३

काठमाडौँ । जनकपुरमा मिटरब्याजी आरोपमा पक्राउ परेका एकै घरका तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, उनका छोरा ३२ वर्षीय हरेराम साह र जेठाजु ५३ वर्षीय गोपाल साहलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

ठगी (अनुचित लेनदेन) र आपराधिक विश्वासघात मुद्दामा गत १ साउनमा उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो ।बुधबार र बिहीबार भएका थुनछेक बहसपछि धनुषा जिल्ला अदालतले तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार