सोमवार, आश्विन ५ गते २०८३

डीडीसीले किन किन्दैछ आठ हजार किलो कास्टिक सोडा

शुक्रवार , श्रावण २९, २०८३

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)अन्तर्गतको काठमाडौँ दुग्ध वितरण आयोजना, बालाजुले ठुलो परिमाणमा कास्टिक सोडा लगायतका रसायनहरू खरिद गर्न सिलबन्दी बोलपत्र (टेण्डर) आह्वान गरेको छ ।

आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै ८ हजार केजी कास्टिक सोडा, ३ हजार ५ सय केजी नाइट्रिक एसिड र ९ सय केजी सल्फ्युरिक एसिड आपूर्ति गर्न इच्छुक दर्तावाल सप्लायर्सहरूसँग आवेदन मागेको हो । दुग्ध प्रशोधनका क्रममा सरसफाइ र अन्य प्राविधिक कार्यका लागि आवश्यक पर्ने यी रसायनहरूको खरिदका लागि शुक्रबार सूचना प्रकाशित गरिएको छ ।

सूचना अनुसार यस प्रक्रियामा सहभागी हुन चाहने योग्य बोलपत्रदाताहरूले आगामी भदौ ४ गतेसम्म कार्यालय समयभित्र आयोजनाको बालाजुस्थित कार्यालयबाट १ हजार रुपैयाँ दस्तुर बुझाएर फारम खरिद गर्न सक्नेछन् ।

भरिएका सिलबन्दी बोलपत्रहरू भदौ ५ गते दिउँसो १२ बजेभित्र कार्यालयमा बुझाइसक्नुपर्ने प्रावधान राखिएको छ । प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो १ बजे बोलपत्रदाता वा उनीहरूका प्रतिनिधिहरूको रोहबरमा खोलिनेछ ।

यस खरिद प्रक्रियाका लागि बोलपत्रदाताले कम्तीमा ३६ हजार ४० रुपैयाँ बराबरको बिड सेक्युरिटी ९धरौटी० राख्नुपर्नेछ । नगद धरौटी राख्न चाहनेले एभरेस्ट बैंकमा रहेको आयोजनाको खातामा रकम जम्मा गरी सोको भौचर पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आयोजनाले कुनै पनि बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा सुरक्षित राखेको जनाएको छ । थप जानकारीका लागि आयोजनाको कार्यालयमा सिधै वा टेलिफोनमार्फत सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार