काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेपश्चात उनकी पत्नी सरस्वती श्रेष्ठले मुख खोलेकी छन् । श्रीमानको बचाउमा बोल्दै उनले नेपालमा प्रजातन्त्र सकिएको र राणा शासन आएको टिप्पणी गरिन् ।
आज श्रीमानलाई भेट्न भद्रकालीस्थित प्रहरी परिसर पुगेकी सरस्वतीले भेट्न अनुमति पाइनन् । त्यसपछि उनले केही सञ्चारकर्मीसँग कुरा गरेकी थिइन् । फेसबुकमा आफैँले सार्वजनिक गरेको फोटो पत्रिकाले छाप्दा वैयक्तिक स्वतन्त्रताको हनन नहुने उनले बताइन् ।
उनले भनिन्, ‘त्यो महिलाले आफ्नो बेइज्जती भयो, भनेर उजुरी दिएको रहेछ । आफूले फेसबुकमा किन हालेको त फोटो र? आफू चाहिँ अर्को केटो मान्छेसँग बसेर फोटो हाल्ने, अनि पत्रकारले लेख्यो भनेर तैँले मेरो बेइज्जत गरिस् भन्न पाइँदैन नि । पत्रकारले त लेखिहाल्छन्, खोजी(खोजी लेख्छन्, होइन र ?’
सांसद जस्तो मान्छेले आफ्नो दायरा आफैँले बुझ्नुपर्ने उनको भनाइ छ । आफ्नो श्रीमानले ३८ वर्षदेखि बेथितिका विरुद्ध कलम चलाउँदै आएको भन्दै उनले गौरव व्यक्त गरिन् ।
‘आजको कुरा हो र रु उहाँको पत्रकारिता ३८ वर्ष लामो छ । प्रेस काउन्सिलको अध्यक्ष भइसकेको मान्छेलाई पत्रकारिताको सीमा के हो भन्ने थाहा छैन र ?’
आज किशोर श्रेष्ठ भएकोजस्तो धरपकड भोली अरू पत्रकारलाई पनि हुने उनले चेतावनी दिइन् ।
सरस्वतीको थप भनाइ :
म रोटी बनाउँदै थिएँ । तरकारी पाकेको थियो । छोरीलाई ‘रोटी तिमी बनाऊ, हामी यसो घुमेर आउँछौँ,’ भनेर मेरो श्रीमान र म यसो वाकको लागि बाहिर हिड्यौं । बाहिर त दिउँसै देखि प्रहरीहरू बसिराखेको रहेछ, हामीलाई थाहै थिएन ।
साथीहरूको फोन त आएको थियो ‘यस्तो छ है’ भनेर । थुन्नु नै छ भने त जहाँ गएर पनि थुनिहाल्छ, जे गरे पनि । पञ्चायतमा त भागिएन, अब के भाग्नु हैन रु अनि हामी यसरी जाँदा प्रहरीहरूले आएर समात्नुभयो । मैले ‘हाम्रो खाना पाकिसक्या छ, खाना खानुपर्छ, औषधि खानुपर्छ, खाना खुवाएर औषधि खुवाएर अनि लैजानु न त तपाईंहरूले,’ भनेर भनेँ ।
फेरि त्यत्रो प्रहरीहरू किन आउनुपर्यो र? यसो हेर्छु उता २० जना, उता ३० जना ६ वटा गाडी, त्यत्रो साधन । त्यत्रो एफर्ट त अलि विकासको काममा लगाए हुन्थ्यो नि, विकास गर्ने भनेर आएकाहरूले हैन र र?
एकजनालाई बोलाए पनि त हुन्थ्यो, हैन रु हामी भागेर कहाँ जाने मान्छे हो र र? बोलाए पनि हुन्थ्यो तपाईंकोसँग केही बुझ्नु छ भनेर ।
मैले भनेँ कि ‘पक्राउ पुर्जी के छ, दिनुस् हेरौँ । म पनि पहिला त्यो हेर्छु, अनि मेरो वकिल बोलाउँछु । मेरो आफन्तहरू बोलाउँछु’ भनेर भन्दाखेरि नि मान्नुभएन । खाना खान दिन मान्नुभएन ।
उहाँहरूसँग पक्राउ पुर्जी थिएन । मान्छे त्यसै आउँछ लिनलाई रु त्यो त पक्राउ पुर्जी सँगै ल्याउनुपर्छ हैन र रु ‘आउँदै छ आउँदै छ’ भनेर १५-२० मिनेट पछि पक्राउ पुर्जी आयो । फोटो खिचेर राखेँ मैले त्यो । अनि त्यसपछि उहाँलाई लिएर गयो ।
एक घण्टा जतिपछि म र मेरो वकिल बद्री प्रसाद उहाँको औषधिहरू, चाहिने सामानहरू लिएर यहाँ परिसरमा आयौं । एक-डेढ घण्टा बसेर गयौँ हामी । त्यतिखेरसम्म केही थिएन । ‘दाइको मोबाइल खोइ’ भन्दै थियो। अब उहाँको मोबाइल मलाई के थाहा रु मेरो मोबाइल पो मसँग छ त, हैन र? बच्चाहरूको मोबाइल त बाउआमाले हेर्दैन अहिले । उहाँहरूले मोबाइलमा एकदमै फोकस गर्नुभएको थियो।
मलाई लागेको थिएन कि घरमा त्यसरी धा रातमा, आइमाई मान्छे मात्रै भएको ठाउँमा आएर जम्मै भन्द्रङ्ग-भुन्द्रुङ्ग गर्छ ।
८ बजे ल्यायो परिसरमा, म साढे ९ मा आएँ । १० बजेतिर फर्किएँ । साढे १ बजे म सुत्नेतर्फ गइराखेकी थिएँ । साढे १ बजेतिर उहाँहरू आउनुभयो । अनि सुरुमा त मैले ढोकै खोलिन । अब म आइमाई मान्छे मात्रै छु यहाँ घरमा । अरू कोही छोरा मान्छे पनि छैन । मेरो आफन्तहरू, नातेदारहरू पनि कोही पनि छैन यहाँ । कि त मेरो सबैलाई बोलाउँछु अनि आउनुस्, होइन भने यसरी नआउनुस् भनेँ ।
उहाँलाई लगिसक्नुभयो, अब के लिनुपर्ने हो, मलाई लानुपर्ने भए पनि लैजानु, कतै भाग्छ भन्ने लाग्छ भने प्रहरीहरू राख्नुस् । जनआस्थाको अफिसमा रातभर बसेछ प्रहरी भन्ने खबर आयो मलाई । त्यसरी बस्नुस्, भोलि बिहान आउनुस्। म बिरामी पनि छु, मलाई सुत्न दिनुस् । सुगर छ मलाई, डिस्टर्ब नगर्नुस्, कति भनेँ मैले, मान्दै मान्नुभएन ।
जोले उनीहरूको विरुद्धमा बोल्छ, तिनीहरूको घाँटी अँठ्याउने‘ मानौँ यहाँ राणा शासन छ । प्रजातन्त्र छैन यहाँ । हामीले पञ्चायतमा लडेर ल्याएको प्रजातन्त्र गयो । यो राणा शासन हो । त्यो बेलामा नपढेका, कम पढेका मान्छेहरूले त राणा शासन फाले भने यो चल्दैन क्या । आउटडेटेड भइसक्यो त्यो जमाना ।
सरकार पत्रकारप्रति निरंकुश बन्दै गएको छ । तपाईँले उनीहरूलाई मन नपर्ने कुरा एउटा लेख्दिनुस्, तपाईँलाई नि भोलि बिहान समात्छ । मेरो बूढोलाई मात्रै समात्ने हो र रु सबैलाई समात्छ । प्रतिशोध साँच्चै छ । उनीहरूको काम नै त्यही हो । त्यत्रो गाडी लिएर, त्यत्रो डुङ्गुर पुलिस लिएर एउटा मान्छे समात्न जानुको सट्टा यत्रोविधि काम छ, के-के गर्ने भनेर जाऊ न त्यतातिर ।
चाहे महिला होस्, चाहे पुरुष होस्, चाहे ठूला-ठूला भ्रष्टाचारका कुराहरू हुन्, चाहे बिचौलियाका कुराहरू हुन्, कति मान्छेहरू जेलमा छन्, कसको कारणले रु त्यहाँ एउटा भूमिका किशोर श्रेष्ठ, जनआस्था को पनि छ । सबैलाई थाहा छ । कस्ता-कस्ता किसिमका‘ महिलाको मात्रै होइन, विभिन्न थरीका समाजमा घटेका विकृतिहरू‘ चाहे त्यो महिला होस्, चाहे पुरुष होस्, यहाँ महिला-पुरुष भनेर कुरा भएन ।
महिला भएपछि सबै कुरा गर्न पाइन्छ भन्ने छुट छैन। पढ्दै जानुस् त जनआस्था, अलि त्यसको इतिहासहरू हेर्नुस् त, अरू पनि त छ नि ।
रक्सी र पैसाको त कोसिस भएकै हो । खोइ त उसलाई समातेको ?हामीले सबै कुरा प्रपञ्च निकालिदिएपछि, मिलाइदिएपछि‘ कतिपय कुराहरू प्रहरीले लगाउनुपर्ने होइन रु सीसी क्यामेरा सबै छ त, आइसक्यो त, एक्सपोज भइसक्यो त । त्यो काजल अग्रवाललाई किन नसमातेको ? समात्नुपर्ने किशोर श्रेष्ठलाई कि काजल अग्रवाललाई ? काजल अग्रवाल समात्यो भने त त्यही दिन बिहान उसको खातामा कसले ५० हजार पठाएको थियो भनेर देखिन्छ नि त । अनि त्यो देखेपछि उसलाई समात्ने कि किशोर श्रेष्ठलाई समात्ने ? त्यो एक बोतल रक्सीमा बिक्ने मान्छे हो ?नेवारको छोरालाई रक्सीको के दुःख ?