काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक असार ५ र ६ गते बस्ने भएको छ । यसअघि बैठक जेठ २८ र २९ गते बस्ने भनिएको थियो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विशेष कारणवश केन्द्रीय कार्यसमिति बैठक पछि सरेको बताए । काठमाडौंमा बस्ने बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालयसम्बन्धी प्रतिवेदनहरु पेश हुने बताइएको छ । बैठकमा समसामयिक परिस्थितिको समीक्षा पनि हुने श्रेष्ठले बताए ।
संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, सांगठनिक सुदृढीकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको तयारी एवं महाधिवेशनको मितिसमेत बैठकबाछ तय हुने राप्रपाले जनाएको छ ।