सोमवार, श्रावण २५ गते २०८३

पदाधिकारीसहित १८३ ले छोडे राप्रपा, गणतन्त्र सुदृढीकरणमा पार्टी लागेको आरोप

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । राप्रपाका केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी छोडेका हुन् । 

पार्टी परित्याग गर्नेहरूमा महामन्त्री डा. धवलशमशेर राणा पक्षधर नेता मुकुन्दश्याम गिरी, दिलनाथ गिरी र केशवराज श्रेष्ठ लगायत रहेका छन् । नेतृत्वले पार्टीको सिद्धान्त विपरीत पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेको आरोप उनीहरूले लगाएका छन् । राप्रपा परित्याग गर्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत छन् ।

बिहीबार पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको असन्तुष्ट पक्षले जानकारी गराएको छ ।  मूल नेतृत्व (अध्यक्ष राजेन्द्र लिङ्देन) को हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् ।

जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिएपनि त्यस अनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नुपरेको उनीहरूको भनाइ छ । केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेकोप्रति आपत्ति जनाइएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार