सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढ्यो

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्य  तोलामा एक सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार