सोमवार, आश्विन ५ गते २०८३

३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको मूल्यमा ३ हजार ८ सय रुपैयाँको गिरावट आएको छ ।

सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार भने २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सोमबारको तुलनामा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार सोमबारको तुलनामा चाँदीको मूल्यमा प्रतितोला १ सय ५० रुपैयाँ गिरावट आएको छ । सोमबार ५ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार