आइतवार, श्रावण २४ गते २०८३

यि हुन् बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । विहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक थुप्रै निर्णयहरु गरेर सम्पन्न भएको छ । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान र प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार वैठकले निम्न निर्णयहरु गरेको छ । 

१) सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी वार्ता टोली गठनः ’एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्र)’ आयोजनाका लागि एसियाली विकास बैंक (ब्म्द्य) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्झौता र सम्बन्धित दस्तावेजहरूलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।

२) राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ताः २०७५ भदौ २१ को मन्त्रिपरिषद् बैठकले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयलाई दिने निर्णय गरेको थियो। बिहीबारको बैठकले उक्त निर्णय सच्याउँदै सो जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरेको छ ।

३) सूचना प्रविधि अध्ययन कार्यदल गठनः सरकारी निकायहरूमा रहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी प्रणालीहरूको अध्ययन र सुधारका लागि सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा एक अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार