सोमवार, आश्विन ५ गते २०८३

संसदीय समिति सभापतिको शपथ

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । संघीय संसद्अन्तर्गतका विभिन्न १२ वटा संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिनिधिसभा र संयुक्त समिति सभापति शुक्रबार निर्वाचित भए लगत्तै पद तथा गोपनीयताको शपथ भएको हो । 

संसदीय समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनियताको शपथ सिंहदरबारस्थित लेखा समितिको हलमा सभामुख डोलप्रसाद अर्यालसमक्ष लिएका हुन् ।

शपथ समारोहमा उपसभापति रुविकुमारी ठाकुर, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम लगायतको उपस्थिति थियो ।

कुन समितिको सभापति को ? 
कानुन, न्याय तथा मानवअधिकार समितिः समिक्षा वास्कोटा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिः अशोक चौधरी

पूर्वाधार विकास समितिः आशिष गजुरेल

महिला तथा सामाजिक मामिला समितिः आकृती अवस्थी

राज्य व्यवस्था तथा सुशासन समितिः हरि ढकाल

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिः डा. ओजस्वी शेरचन

सार्वजनिक लेखा समितिः भरत खड्का


संसदीय सुनुवाइ समिति (संयुक्त) ः वोधनारायण श्रेष्ठ

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) ः गणेश कार्की

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति ः सुम्नीमा उदास

अर्थ समितिः कृष्णहरी बुढाथोकी

उद्योग तथा वाणिज्य र श्रम समितिः रहवर अन्सारी 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार