आइतवार, श्रावण २४ गते २०८३

सभामुखको सपथ आईतबार

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौँ । शुक्रबार मात्रै निर्विरोध निर्वाचित सभामुख डोलप्रसाद अर्यालले आइतबार सपथग्रहण गर्ने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार, नवनियुक्त सभामुख अर्यालको सपथ आइतबार दिउँसो ३ बजे तय गरिएको हो ।

शितल निवासमा हुने सपथ ग्रहण कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति हुनेछ ।

प्रतिनिधिसभा, सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र रास्वपाका उपसभापति अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए। । 

अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सोही दलका सांसदहरू सोविता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल रहेका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार