बुधवार, आश्विन २८ गते २०८३

कसले लगिरहेका छन ग्यास ? आयात बढ्दा पनि  बजारमा अभाव कायमै

बुधवार , चैत्र ११, २०८२


काठमाडौँ । खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । 
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२\८३ को माघसम्म तीन लाख २१ हजार ८९ मेट्रिक टन ग्यास आयात भएकोमा फागुनमा मात्र तीन लाख ७२ हजार २८१ मेट्रिक टन ग्यास आयात भएको छ । 
माघको तुलनामा फागुन महिनामा ५१ हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएको तथ्याङ्कले देखाएको छ । ५१ हजार मेट्रिक टन ग्यासले ३६ लाख ५० हजार ग्यास सिलिन्डर भरिन्छन् ।

ग्यास आयात बढ्दा पनि बजारमा एउटा सिलिन्डर हुने उपभोक्ताले ग्यास पाउन सकेका छैनन् । 

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले अभाव हुने आशङ्कामा घर घरमा ग्यास सञ्चय गर्न थालेपछि ग्यासको माग बढी भएको जानकारी दिए ।  ग्यासको आयात बढेकाले अभाव क्रमशः घट्दै गएको उहाँले जानकारी दिए ।

आधा सिलिन्डर बेच्न थालेपछि ग्यासको आपूर्ति सहज बन्दै गएको उहाँको भनाइ छ । अत्यावश्यक पर्नेले मात्र आधा सिलिन्डर लाने र अन्यले भरी आएपछि मात्र लाने भनेर फर्कने गरेको उनको भनाइ छ ।

बजारमा एक करोड ४२ लाख हजार ग्यास सिलिन्डर रहेका र एउटै घरमा धेरै सिलिन्डर भरेकाले पनि ग्यासको माग बढ्दै गएको उहाँको भनाइ छ । उच्च वर्गको परिवारमा एउटै घरमा चारदेखि पाँच वटा वटासम्म सिलिन्डर हुने गर्छन् ।

ग्यासको अभाव हुन सक्ने आशङ्कामा अधिकांश घरमा आवश्यकताभन्दा बढी सिलिन्डर भरेर राखिएका छन् । त्यसैका कारणले गर्दा पनि ग्यास अभाव कायम रहेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार