सोमवार, आश्विन ५ गते २०८३

ओरालो लाग्दै सुनचाँदीको मूल्य, एकै दिन १२ हजारले घट्यो

आइतवार , चैत्र ८, २०८२


काठमाडौँ । पछिल्लो समय सुनचाँदीको मूल्य निरन्तर ओरालो लाग्दै गएको छ । 
पश्चिम एसीयाली मुलुकमा भएको युुद्धका कारणले व्यवसायीले सुन विक्रि गर्न थालेपछि मूल्य घट्न थालेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ ।

गत शुक्रबार दुुई लाख ९४ पाँच सय रुपैयामा कारोबार भएको सुनको मूल्य आइतबार एक्कासी घटेर  प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा झरेको छ । चैत महिनासुरुदेखि नै सुनको मूल्य निरन्तर घट्दै गएको छ । एक साताको अवधिमा सुनको मूल्य २७ हजार चार सय रुपैयाँले घटेको छ । 
अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्ने गर्छ ।  सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले युुद्धको असरले सुनको मूल्य घट्दै गएको जानकारी दिए ।

अन्तराष्ट्रिय बजारमा सुनको विक्रि बढेपनि माग नहुुँदा मूल्य घट्दै गएको उनले जानकारी दिए । आगामी दिनमा थप मूल्य घट्ने देखिएको उनले जानकारी दिए ।

आइतबार अन्तराष्ट्रिय बजारमा प्रतिऔंस  २३०  डलरले घटेर चार हजार ४९२ अमेरिकी डलरमा झरेको छ । सुनको मूल्य घटेर चार हजार अमेरिकी डलरमा झर्ने अनुमान गरिएको । त्यतिबेला स्थानीय बजारमा प्रतितोला दुई लाख ५० हजार रुपैयाँ मूल्य पुग्ने शाक्यले जानकारी दिनुुभयो । 

अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा २७ हजार ४ सय रुपैयाँ घटेको छ ।

कच्चा तेल महँगिदा विभिन्न मुलुकलाई खरिदका लागि आवश्यक अमेरिकी डलर पनि बढाउनुपर्ने बाध्यता छ, यसले डलरको मागसँगै मूल्य बढिरहेको छ । सुन बिक्रीबाट डलर जोहो बढेसँगै सुनको भाउमा उच्च गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यस्तै आइतबार चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ५४० रुपैयाँमा झरेको छ ।

एक सातामा चाँदीको भाउ प्रतितोला ७३० रुपैयाँ घटेको छ । गत आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत माघ १५ गते हालसम्मकै उच्च मूल्य ७ हजार ५०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार