आइतवार, श्रावण २४ गते २०८३

अझै पाउन सकेन उपभोक्ताले खाना पकाउने ग्यास

आइतवार , चैत्र ८, २०८२


काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यास उपभोक्ताले अझै सज ढंगले पाउन सकेका छैन । एक महिनाअघिदेखि बजारमा ग्यासको अभाव हुुन थालेको थियो । 
पश्चिम एसियामा भएको तनावले बजारमा ग्यास सहज हुुन नसकेको हो ।
 नेपाल आयल निगमले ग्यासको आयात नियमित भएको बताएपनि उपभोक्ताले भने सहज ढंगबाट ग्यास पाउन सकेका छैन । युुद्धको प्रभावले ग्यास अभाव हुुन आंशकामा उपभोक्ताले सञ्चय गर्न थालेपछि बजारमा ग्यासको माग बढ्न गएको हो ।  
नेपाल एलपी ग्यास उद्योग संघक अध्यक्ष दिवान चन्द्रले ग्यासको माग बढेकाले अभाव देखिएको जानकारी दिनुभयो । ग्यासको आपूुर्ति नियमित भइरहेको र माग कम हुुँदै गएकाले अभाव क्रमश घट्दै जाने उहाँको भनाई छ ।

निगमका अनुसार सामान् अवस्थामा मासिक ४५ हजार मेट्रिक ग्यास खपत हुने गर्छ । अहिले भने माग नै धेरै बढेकाले अभाव देखिएको निगमको भनाई छ । ग्यास अभाव हुुँदा उपभोक्ताले धेरै समस्या खेप्नुुपरेको छ । विशेष गरी स– साना होटेल रेष्टुरेन्ट र होस्टेललाई बढी असर परेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार