काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति शेरबहादुर देउवा थप बलियो हुनु भएको छ। अन्तिम नतिजा सार्वजनिक हुँदा पदाधिकारी र केन्द्रीय सदस्य गरी देउवापक्षका १०९ उम्मेदवार विजयी भएका छन्। इतरपक्षबाट जम्मा २३ जनामात्र निर्वाचित भएका छन्। दुईतिहाइका लागि निर्वाचित केन्द्रीय कार्यसमितिमा ९० जना भए पुग्छ । पदाधिकारीमा मात्रै कुल १३ जनामध्ये देउवाको समूहका ८ जना विजयी भएका छन् ।
अन्तिम नतिजाअनुसार केन्द्रीय कार्यसमितिमा ८१ दशमलव ३४ प्रतिशत सहित देउवा शक्तिशाली सभापति हुनु भएको छ । सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउने छन्। थप गरिने सदस्य पनि अधिकांश देउवाले आफूपक्षबाट राख्ने भएकाले देउवा पार्टीमा सहज स्थानमा देखिनु भएको छ ।