काठमाडौं । सुधाकर दलेला नेपालका लागि भारतीय राजदूत नियुक्त भएका छन् । मन्त्रालयका सचिव दलेलालाई नेपालका लागि भारतीय राजदूतमा नियुक्त गरिएको हो ।
भारतीय विदेश मन्त्रालयले उनले छिट्टै कार्यभार सम्हाल्ने बताएको छ ।
दलेला भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिव हुन् । दलेलाले यसअघि भुटान, जेनेभा, वासिंटन डीसी, ढाकालगायत स्थानमा सेवा गरिसकेका छन् ।
दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए । उनले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए । त्यसयता उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डि।सी।स्थित भारतीय नियोगहरूमा सेवा गरेका छन् ।
हालसालै उनले भुटानका लागि भारतको राजदूत ९सन् २०२२(२०२५० को रूपमा कार्य गरेका थिए ।
दलेलाले नयाँ दिल्लीमा महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालेका थिए । उनले प्रधानमन्त्रीको कार्यालयमा निर्देशक ९सन् २००९(२०११० को भूमिका निर्वाह गरेका थिए । यस क्रममा उनले दक्षिण एसियाली छिमेकीहरू, पूर्वी एसिया, इन्डो\प्यासिफिक क्षेत्र, खाडी मुलुक, मध्य पूर्व र अफ्रिकाका देशहरूसँग भारतको सम्बन्ध विस्तारमा केन्द्रित रही काम गरेका थिए ।
उनले विदेश मन्त्रालयमा निर्देशक ९उत्तर( सन् २००६ देखि २००७० र पछि सह(सचिव ९उत्तर ( सन् २०१६ देखि २०१९० को रूपमा भुटान र नेपालसँग भारतको सम्बन्धको जिम्मेवारी हेरेका थिए ।
उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा निर्देशक ९व्यापार नीति० र विश्व व्यापार संगठन ९ध्त्इ० स्थित भारतको स्थायी नियोगमा दुई पटक ९सन् २०१४(२०१६ मा भारतको उप(स्थायी प्रतिनिधिको रूपमा समेत० सेवा गरेका थिए ।
उनले १ सेप्टेम्बर २०२५ मा मन्त्रालयमा सचिव ९आर्थिक सम्बन्ध० को जिम्मेवारी सम्हालेका थिए ।
भारतीय विदेश सेवामा प्रवेश गर्नुअघि दलेलाले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरेका थिए ।