आइतवार, श्रावण २४ गते २०८३

कांग्रेस महाधिवेशन : आज अन्तिम मतपरिणाम आउने

बुधवार , पौष ७, २०७८

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भइसकेको छ । हालसम्म १२६ पदको नतिजा सार्वजनिक भइसकेको हो । अन्य तीन क्लस्टरको मतगणना केही बेरमा सुरु गरिने र साँझसम्म अन्तिम नतिजा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो । पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको छ । पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवा निकट नेताको पक्षमा परिणाम देखिएको छ । महाधिवेशनको उद्घाटन गत मंसिर २४ गते भएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार