आइतवार, श्रावण २४ गते २०८३

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा बिजयी, तीन सहमहामन्त्री पदको मतगणनाको तयारी

बिहिवार , पौष १, २०७८

काठमाडौं। नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको आज भएको मतगणनामा दुई महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको हो । 

महामन्त्रीमा विजयी भएका गगनले ३०२३ मत पाउँदा, विश्वप्रकाशले २२४६ मत ल्याउनुभयो । महामन्त्रीका अन्य चार उम्मेदवाहरु डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, डा. राजाराम कार्की र प्रदीप पौडेल पराजित भएका छन् । 

डा. महतले १५५० मत ल्याएका ल्याउँदा रिजालले ८०९ मत, कार्कीले १०७ र प्रदीपले १४०९ मत ल्याउनुभएको छ । कांग्रेसको विधान अनुसार महामन्त्रीका उम्मेदवाहरुमध्ये बढी मत ल्याउने उम्मेदवार विजयी हुने प्रावधान छ। सोही प्रावधान अनुसार गगन र विश्वप्रकाश विजयी भएका हुन् ।

त्यस्तै नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज साँझ तीन सहमहामन्त्री पदको मतगणना हुने भएको छ । निर्वाचन समितिका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना हुन लागेको हो । अन्य ५ सहमहामन्त्रीको मतगणना भने भोलि हुनेछ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार