आइतवार, श्रावण २४ गते २०८३

कांग्रेस महामन्त्रीको मतगणना, गगनको अग्रता

बिहिवार , पौष १, २०७८

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ। चार सय मत गणना गर्दा गगन थापाले २६० मत प्राप्त गरेका छन्। यस्तै, प्रदीप पौडेल र विश्वप्रकाश शर्माको भने प्रतिस्पर्धा भइरहेको छ।

प्रदीप पौडेल १४६, विश्व प्रकाश शर्मा १४८, प्रकाश शरण महत १२६, मीनेन्द्र रिजाल ७४ र राजाराम कार्की ७ मत प्राप्त गरेका छन्। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार