काठमाडौं। कांग्रेसको जिल्ला सभापति निर्वाचनको बुधबार दिउँसोसम्म २६ जिल्लाका नतिजा आएको छ। हालसम्म २६ जिल्लामा कांग्रेसको नेतृत्व चयन भएको छ। जसमा संस्थापन देउवा पक्षले १४ जिल्लामा र पौडेल पक्ष १२ वटा जिल्लामा विजयी भएको छ।
यसअघिकै कार्यतालिका अनुसार भएको हिमाली र उच्च पहाडी एवं एक निर्वाचन क्षेत्र भएका जिल्लामा भएको अधिवेशनपछि १३ जिल्लाको नतिजा आएको थियो। पहिलो नतिजामा संस्थापनले ५ जिल्ला जित्दा पौडेल पक्ष ८ जिल्लामा विजय प्राप्त गरेको थियो। कुन जिल्लामा को सभापति हेर्नुहोस्।
सभापति देउवा पक्षका सभापति जित्ने यी हुन्।
मनाङ - शंकर गुरुङ
ताप्लेजुङ - गजेन्द्र तुम्याहाङ
रामेछाप - पूर्णबहादुर तामाङ (कान्छाराम)
हुम्ला - मोहनविक्रम सिंह
बझाङ - खड्गबहादुर बोहोरा
डडेल्धुरा - भीमबहादुर साउद
सल्यान - केशवबहादुर विष्ट
पाँचथर - रुपनारायण जवेगु
लमजुङ - टकराज गुरुङ
म्याग्दी - खमबहादुर गर्वुजा
जाजरकोट - बेदराज सिंह
डोल्पा - दीपेन्द्रबहादुर शाही
जुम्ला - कर्णबहादुर शाही
मुगु - ऐनबहादुर शाही
पौडेल पक्षले जितेका जिल्ला र सभापति
मुस्ताङ - रोमी गौचन थकाली
संखुवासभा - दिपक खड्का
कालिकोट - अम्मबहादुर शाही
रुकुमपूर्व - केशरमान रोका पौडेल
गोरखा - नन्दप्रसाद न्यौपाने
दोलखा - बर्मा लामा
मुगु - ऐनबहादुर शाही
बाजुरा - रामसिंह रावल
अर्घाखाँची - केशव श्रेष्ठ
प्युठान - विष्णुकुमार गिरि
बैतडी - चतुबहादुर चन्द
तेह्रथुम - अर्जुन तुम्बाहाङ्फे