आइतवार, श्रावण २४ गते २०८३

निर्वाचन आयोगद्धारा मतदाता नामावली अद्यवधिकबारे छलफल

बिहिवार , श्रावण २१, २०८३


काठमाडौं । निर्वाचन आयोगले प्रदेश निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीहरसंग विहिबार अनलाइन बैठक सम्पन्न गरेको छ ।

सो बैठकमा माननीय प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्की तथा माननीय निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन सम्शेर जवरा, गुरुप्रसाद वाग्ले र डा. राजिव सुब्बाको उपस्थिति रहेको थियो ।

बैठकमा मतदाता नामावली अद्यावधिक अभियान संचालनका विषयमा छलफल भएको छ। यो अभियान संचालन गर्ने गरी आयोगको मिति २०८३ श्रावण १५ गतेको बैठकबाट निर्णय भएको थियो ।

सो कार्यक्रम अनुसार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूले स्थानीय तहका वडा कार्यालयहरूवाट मृत्यू भएका, बसाई सराई गरेका व्यक्तिहरूको विवरण लिई मतदाता नामावली अद्यावधिक गर्ने छन् ।

आयोगले यस कार्यक्रममा आवश्यक सहजीकरण गर्नका लागि सबै स्थानीय तहमा पत्राचार गरिदिन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत अनुरोध गरिसकेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार