आइतवार, श्रावण २४ गते २०८३

सर्ने भयो नेपाली कांग्रेसको महाधिवेशन 

बुधवार , आश्विन २०, २०७८

काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन तोकिएको समयमा नहुने भएको छ। बुधबार बसेको शीर्ष नेताहरुको बैठकले महाधिवेशनको मिति सार्ने सहमति गरेको हो। 

काँग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तय गरेको थियो। अब भने महाधिवेशन मंसिर अन्तिम वा पुस पहिलो साता गर्ने सहमति भएको हो।

५ जिल्लामा क्रियाशील सदस्य विवाद नटुंगिएको तथा कतिपय जिल्लाको अधिवेशनसमेत सुरु हुन नसकेकाले निर्धारित समयमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित मिति केही पर सार्ने सहमतिनेताहरुले गरेका हुन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार