सोमवार, कार्तिक ३ गते २०८३

तातोपानी नाका आजदेखि तीन दिन खुल्ने

आइतवार , कार्तिक २, २०८३


काठमाडौं । चीनसँग सिमाना जोडिएको तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ ।

उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले  कात्तिक १ गतेदेखि ३ गतेसम्म नाका खुल्ने जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो । यसले नेपाल–चीन व्यापारिक आवागमनलाई सहजीकरण गर्नुका साथै चाडपर्वका बेला आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार