शुक्रवार, आश्विन २३ गते २०८३

सेयर बजार परिसूचकमा झिनो अंकको वृद्धि

बिहिवार , आश्विन २२, २०८३

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से २.३१ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २५७४ अंकमा कायम भएको छ ।

कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९३ करोडको भयो । आज १४० कम्पनीको मूल्य बढ्दा १२७ को घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रह्यो ।

सबैभन्दा ठूलो समूह बैंकिङले नै टेवा दिएपछि बिहीबार बजार बढ्न मद्दत पुग्यो । बैंकिङ ०.१९ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.०६, जलविद्युत् ०.१८, लगानी ०.१५, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.७३, निर्जीवन बीमा ०.१७ र व्यापार ०.४३ प्रतिशत बढे ।

फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.३९, जीवन बीमा ०.०९, माइक्रोफाइनान्स ०.०२, अन्य ०.४४ प्रतिशत मूल्य घट्यो ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार